Connect with us
Kapilvast Forest

वर्तमान सरकार नागरिकमैत्री छ : गृहमन्त्री अर्याल

२०८२, १८ माघ शनिबारमा प्रकाशित

काठमाडौँ –
गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार नागरिकमैत्री भएकाले नागरिकका समस्या समाधानका लागि सधैँ सहकार्य र समन्वय गर्ने बताएका छन्।अखिल नेपाल कबडी सङ्घद्वारा आज यहाँ आयोजित २१औँ महिला तथा २५औँ पुरुष राष्ट्रिय कबडी प्रतियोगितामा उहाँले मुलुकमा सुशासन कायम गराउँदै शान्ति सुरक्षा, सामाजिक न्यायसहित नागरिकको जीवनस्तर उकास्ने कार्य सरकारको प्रमुख प्राथमिकतामा रहेकाले सोही अनुसार काम भइरहेको धारणा राखे।
अन्तरराष्ट्रिय तहका खेलकुद प्रतियोगिताबाट पदक भित्र्याउन सक्ने सम्भावित खेल कबडी नेपालमा अग्रपङ्क्तिमा रहेको बताउँदै मन्त्री अर्यालले सरकारले यो खेललाई उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।स्वदेशमा खेलेर जीवनयापन गर्न सक्ने वातावरण निर्माणका लागि खेललाई व्यावसायिक बनाउनुपर्नेमा उहाँले जोड दिए। खेलप्रति खेलाडीको आकर्षण बढाउँदै लैजाने गरी योजना र नीति निर्माण गर्नुपर्ने उनको भनाइ छ। सङ्घका अध्यक्ष तुलसी थापाले अहिले नेपाली युवा अवसरको खोजीमा विदेशतर्फ आकर्षित भइरहेको अवस्थामा खेलाडीलाई स्वदेशमा खेल्नसक्ने सहज वातावरण बनाउनुपर्नेमा जोड दिए।
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu