Connect with us
Kapilvast Forest

राष्ट्रिय लिगमा आज तीन खेल हुँदै

२०८२, १९ माघ आईतवारमा प्रकाशित

काठमाडौं –

दुई दिनको रेस्ट डे पछि एन्फा राष्ट्रिय लिगमा आज तीन खेल हुँदैछन्। अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामामा जारी राष्ट्रिय लिगको पहिलो खेलमा काँक्रेबिहार र प्लानिङ ब्याइज युनाइटेटबीच खेल हुँदैछ।प्लानिङ ब्वाइजले चार खेलमा दुई खेलमा जित र एक खेलमा बराबरी गरेर ७ अंकका साथ तालिकाको सातौं स्थानमा हुँदा कांक्रेबिहारले अहिलेसम्म अंक जोड्न सकेको छैन। उ तालिकाको पुछारबाट दोस्रो अर्थात् १६औँ स्थानमा छ।

प्रतियोगिता अन्तरगत आज दिउँसो ३ बजे श्री भगवती क्लब र विभागीय टोली आर्मी आमनेसामने हुँदैछन्। यी दुईबीचको खेल दशरथ रंगशालामा हुनेछ। आर्मी भने चार खेलसम्म अपराजित छ। उ २ खेलमा जित र दुई खेलमा बराबरी खेल्दै ९ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ। श्री भगवतीको भने चार अंक रहेको छ। र, तालिकाको १०औँ स्थानमा रहेको छ।प्रतियोगिता अन्तरगतको अन्तिम खेलमा फ्रेन्ड्स क्लब र मनाङ मस्याङ्दी आमनेसामने हुनेछन।

नेपाली फुटबलको पावरहाउसका रुपमा चिनिएको मनाङले राष्ट्रिय लिगमा खराब प्रदर्शन गरिरहेको छ। उसले चार खेलमा एक खेलमात्र जितेको छ। र, तालिकाको १५औँ स्थानमा छ।  फ्रेन्ड्स क्लबले पनि चार खेलमा एकमा जित र एकमा बराबरी गरेर चार अंकका साथ तालिकाको नवौं स्थानमा छ। यी दुईबीचको खेल साँझ साढे ६ बजे दशरथ रंगशालामा हुनेछ।

चार खेलमा सतप्रतिशत जित निकालेको नेपाल एपीएफ क्लब १२ अंकका साथ शीर्षमा रहँदा एनआरटी र मछिन्द्र क्लब समान अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन्। लालिगुराँस एसोसिएसन १० अंकका साथ चौथो स्थानमा छ। कुल १७ टोली सहभागी राष्ट्रिय लिगमा तीन वर्षदेखि शहिद स्मारम ‘ए’ डिभिजन लिग आयोजना गर्न नसकेको एन्फाले सिङ्गल राउन्ड रोबिनको आधारमा राष्ट्रिय लिग सञ्चालन गरिरहेको हो।
लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ए’ डिभिजनसहित मोफसलका लालिगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले भाग लिएका छन्। लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउनेछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu