Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीको स्पष्टीकरण– पद छाडेका सबै मन्त्री रास्वपामा गएका छैनन्

२०८२, २० माघ सोमबारमा प्रकाशित

काठमाडौं –

प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्लाई रास्वपाको भनेर प्रचार हुने गरेको भन्दै आपत्ति जनाएकी छिन् ।सोमबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले जम्मा दुई जना मात्रै मन्त्री पद छाडेकाहरू रास्वपामा गएको बताइन् ।‘यो अभियोग पनि यहाँ आयो कि यो त राष्ट्रिय स्वतन्त्र पार्टीको हो भनेर । रास्वपामा दुई जना गए । कुलमानजीको आफ्नै पार्टी हो । महावीर पुनको पार्टी नै छैन । सबै मान्छे रास्वपामा गएको त होइन,’ उनको प्रष्टोक्ति थियो ।

साथै, मन्त्री पद छाडिसकेपछि अहिले कोहीसँग पनि सम्पर्क नभएको बताइन् । रास्वपाको मन्त्रिपरिषद् भनेर गरिएको प्रचार गलत भाष्य रहेको उनको भनाइ थियो ।‘हामीहरू कसैसँग सम्पर्क पनि छैन । यो गलत भाष्य हो । आफ्नो आफ्नो अधिकार हो । हामीले सबैलाई सोध्यौं, तपाईंहरू कोही जानुहुन्छ भनेर, नजानेहरू बसे,’ उनले भनिन्, ‘हामीलाई थाहा थियो, उसलाई इन्ट्रेस्ट छ भन्ने थाहा हुँदाहुँदै जेनजीको प्रेसरमा उनीहरू आएका हुन् । आए, गए । बकाइदा गए । अहिले सम्पर्कमा पनि छैन ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu