Connect with us
Kapilvast Forest

जेन्जी आन्दोलनको मर्म बोकेर विश्वदीप पाण्डे चुनावी मैदानमा, वडा ११ प्रचार कार्यालय उद्घाटन

२०८२, २१ माघ मंगलवारमा प्रकाशित

रुपन्देही,
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि रुपन्देही क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेद्वार विश्वदीप पाण्डे (सुवास) ले सधैव यहाँका जनताको सेवा गर्ने गरी आफू राजनीतिमा आएको बताउनुभएको छ । निर्वाचनमा हारजीत जेसुकै भएपनि जनताको साथ नछोड्ने उहाँको भनाई छ ।


मंगलबार बुटवलमा वडा नं. ११ को प्रचार–प्रसार कार्यालय उद्घाटन गर्दै युवा नेता पाण्डेले देशको पछिल्लो राजनीतिक अवस्थाबारे परिचर्चा गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीले नै जेन्जी आन्दोलनको मर्म र भावना अनुसार काम गर्न सक्ने बताउँदै पार्टीले सोही अनुसार आफूलाइं यस निर्वाचन क्षेत्रमा खटाएको उहाँले उल्लेख गर्नुभयो । नेपाली राजनीतिमा पुस्ताहन्तरण पनि आवश्यक रहेको भन्दै पाण्डेले पुरानालाई अभिभावक र नयाँसंग सहकार्य गरेर देशलाई अग्रगामी दिशामा अघि बढाउन सकिने बिचार ब्यक्त गर्नुभयो ।


युवा नेता पाण्डेले गत शुक्रबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियान शुरु गर्नुभएको थियो । रुपन्देही क्षेत्र नं. २ मा पर्ने सैनामैनाका चारवटा वडामा पाण्डेले घरदैलो अभियान सक्नुभएको छ । घरदैलो अभियानको क्रममा सैनामैनाबासीले निकै सद्भावका साथ आफूलाई हौसला प्रदान गरेको पाण्डेले अनुभव सुनाउनुभयो । सैनामैनाका वडा नं. १, २, ३ र ४ मा उहाँले घरदैलोमै पुगेर जनतासंग भोट माग्नुभएको छ । मंगलबार उहाँले सैनामैनाको मुर्गिया क्षेत्रमा शिलशिला पथ, रारा पथ, बुद्ध पथ, प्रगति टोल, प्रभात टोल, सिसौडांडा लगायतका ठाउँमा घरदैलो गर्नुभएको हो ।
पार्टीले आयोजना गरेको वडा नं. ११ प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक नारायण जीसी (निर्मल) ले पुराना दलहरु नेकपा एमाले र नेपाली काँग्रेसको अबैज्ञानिक राज्य संचालन नीतिका कारण देशमा जेन्जी आन्दोलन भएको चर्चा गर्नुभयो । अब जेन्जी आन्दोलनको मर्म अनुसार काम गर्न सक्ने पार्टी नेकपा नै रहेको उहाँको भनाई थियो । कार्यक्रममा नेताहरु शिव घिमिरे, माधव पन्त लगायतकाले बोन्दै यसपटक नेकपाका उम्मेद्वार पाण्डेलाई जिताउन सबैमा अपिल गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu