कपिलवस्तु–३ नेकपाका उम्मेदवार एहसान खान शिवराज–२ मा मतदातासँग भेटघाट
कपिलवस्तु–
कपिलवस्तु ३ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा उम्मेदवार एहसान खानले शिवराज नगरपालिका वडा न २ का मतदातासँग भेटघाट तथा घरदैलो कार्यक्रम गरेका छन्। भेटघाटका क्रममा उम्मेदवार खानले स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै खानले जनताको समस्या, आवश्यकता र अपेक्षालाई नजिकबाट बुझेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । उनले शिक्षा, स्वास्थ्य, रोजगारी र विकासलाई आफ्नो प्राथमिकतामा राख्दै जनमुखी र जिम्मेवार राजनीति गर्ने बताए। “जनताको विश्वास र साथ नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” भन्दै उनले परिवर्तनका लागि आफूलाई मतदान गर्न आग्रह गरेका छन।
स्थानीय मतदाताले पनि उम्मेदवार खानसँग विकास निर्माण, रोजगारी, स्वास्थ्य सेवा र आधारभूत आवश्यकताबारे आफ्ना धारणा तथा गुनासा राखेका थिए। भेटघाट कार्यक्रमले शिवराज–२ मा चुनावी माहोल थप सक्रिय बनेको स्थानीयले बताएका छन्।
नेकपा उम्मेदवार खानको मतदाता भेटघाट कार्यक्रम आगामी दिनहरूमा पनि क्षेत्रका विभिन्न वडाहरूमा निरन्तर सञ्चालन हुने जनाइएको छ।