Connect with us
Kapilvast Forest

संसद् भवनपरिसरमा जेन–जी सहिदको सालिक बन्ने

२०८२, २२ माघ बुधबारमा प्रकाशित

सरकारले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा जेन–जी सहिदको सालिक बनाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ४५ सहिदको सालिक बनाउने निर्णय गरेको हो । २३ र २४ भदौको जेन–जी आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए । त्यसमध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरिसकेको छ । उनीहरूको सम्मानमा सालिक बनाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।

सहरी विकास मन्त्रालयमातहत रहेको संसद् भवनमा जेन–जीको सालिक बनाउन लागिएको हो । सालिक बनाउनका लागि मन्त्रिपरिषद्ले सिंहदरबार गुरुयोजना संशोधन गर्ने निर्णय पनि गरेको छ ।

भ्रष्टाचारविरुद्ध गत २३ भदौमा जेन–जी पुस्ताले गरेको आन्दोलनमा राज्यबाट दमन हुँदा गोली लागेर १९ युवाको ज्यान गएको थियो भने सयभन्दा धेरै घाइते भएका थिए । सो दमनको विरोध हुँदा भोलिपल्ट देशैभरि आन्दोलन भएपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका थिए । दुई हजार ४२९ जना घाइते भएका थिए । सरकारले जेन–जी सहिदको सम्झनामा पार्क पनि बनाउने तयारी गरिरहेको गृहमन्त्री अर्यालले जानकारी दिए । मंगलबारकै मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ संघीय संसद्बाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । विधेयकमा विवादास्पद प्रावधान भएकाले सरकारले फिर्ता लिने निर्णय गरेको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu