Connect with us
Kapilvast Forest

रितेशको विवादित अभिव्यक्ति: धमलाले पैसा मागे,लामिछानेले अत्तो थापे”

२०८२, २७ माघ सोमबारमा प्रकाशित

काठमाडौ

कपिलवस्तुको सीमावर्ती क्षेत्र कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा मार्बल उद्योगी रितेश शर्माले आफूविरुद्ध समाचार लेख्ने पत्रकारलाई बोरामा हाल्ने विवादित अभिव्यक्ति दिएका छन् ।

उनले रवि लामिछाने,ऋषि धमला तथा कैलाश सिरोहियासम्मले समाचारमा बार्गेनिङ गरेको र ३ करोड बढी रकम लगेको सार्वजनिक रुपमै आरोप लगाएको अडियोसमेत बाहिरिएको छ ।

माघ २० गते कपिलवस्तुको चन्द्रौटामा भएको एक सार्वजनिक कार्यक्रममा उनले पैसा नपाएर मिडिया आफ्नो पछि लागेको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

धमलाले आफ्ना व्यापारीलाई धम्क्याएर २० लाख नदिए समाचार लेखिदिने भनेको र कैलाश सिरोहियाको भतिजले साढे ३ करोड लगेको,रास्वपा सभापति रवि लामिछानेले दरबार मार्गमा २०–३० लाखको बार्गेनिङ्ग गरेको सार्वजनिक रुपमै आरोप लगाएलगत्तै उपस्थित सन्चारकर्मी तथा अधिकारकर्मीहरुले पुष्टि गर्न चुनौती दिएका थिए । लगत्तै उनी कार्यक्रम छाडेर हिंडे ।

व्यापारी शर्माले चन्द्रौटामा कोहिनुर सेरामिक मार्बल उद्योग चलाउँछन् । सो क्षेत्रमा दोहोरो नागरिकताधारी तथा विवादित व्यापारीका रुपमा चिनिन्छन् ।

भारत सिद्धार्थनगर जिल्लाको बढनी नगर पन्चायतका बिजेपी कार्यकर्ता तथा आरएसएस नेताका रुपमा कृयाशील छन् । सुरक्षा प्रमुख तथा उच्च राजनीतिज्ञसंग जोडिन खोज्ने उनी यस क्षेत्रमा साम्प्रदायिक सदभाव बिथोल्ने गतिविधिमा समेत सक्रिय रहेको स्थानीयको आरोप छ ।

उनले सार्वजनिक रुपमै आफ्ना २ जना भाइमध्ये एक जना भारतका आइएस अफिसर र अर्का भारतीय विमान कम्पनीमा राफेल बनाउने भन्दै आफूविरुद्ध लाग्ने पत्रकारलाई बोरामा हाल्ने सार्वजनिक धम्कीसमेत दिएका छन् ।

सभार : जन आस्था ।।

अडियो रेकर्डिङ लिकं  https://www.facebook.com/share/v/189LdRMxzi/

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu