Connect with us

विश्वदीप पाण्डेको पक्षमा जनसमर्थन बढ्दै

२०८२, १० फाल्गुन आईतवारमा प्रकाशित

रुपन्देही –

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विश्वदीप पाण्डेको पक्षमा जनताको समर्थन तीब्र गतिमा बढिरहेको छ। पाण्डेले घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् ।
फागुन १७ गतेदेखि घरदैलो अभियान थालेका पाण्डे हालसम्म १३ हजार मतदाताको दैलो पुगेका छन्। यस त्रममा उनले करिव ३५ हजार मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्।
यसरी भेटघाट गर्दा पाण्डेलाई जनताको समर्थन र उत्साह बढ्दै गएको छ। मतदाताहरूले पाण्डेलाई युवा, अनुभवी, क्षमतावान र स्थानीय उम्मेदवार भएकाले प्राथमिकता दिएको बताएका छन्। स्थानीय लेखनाथ पौडेलले भने, “हामीले पहिला अरुलाई हेरेकै थियौं, यसपटक विश्वदीपलाई समर्थन गर्ने निर्णय गरेका छौं। हामीले उहाँमा सबै खाले योग्यता देखेका छौं।”

विशेषगरी मतदाताहरू विकास, रोजगारी सिर्जना, महंगी नियन्त्रण र युवा पलायन रोक्ने उम्मेदवार खोजिरहेका छन्। पाण्डेले घरदैलो अभियानका क्रममा उठाइएका सबै विषयमा गम्भीर र स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन् र मतदातामा परिवर्तन ल्याउने विश्वास जगाउने प्रयास गरिरहेका छन्।

पाण्डेले सञ्चारकर्मीहरूसँग भने, “हामीलाई अभूतपूर्व समर्थन मिलिरहेको छ। जनताको चाहना र हाम्रो योजना उस्तै भएकाले हामीमाथि विश्वास बढ्दै गएको हो।”

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu