Connect with us
Kapilvast Forest

अध्यक्ष यादवलाई मातृशोक

२०८२, १० फाल्गुन आईतवारमा प्रकाशित

न्युजसेन्टर नेपाल-

जनता लोकतान्त्रिक पार्टी नेपालका केन्द्रीय अध्यक्ष अशोक कुमार यादव की आमा सोनापती यादवको निधन भएको छ ।

८० वर्षको उमेरमा उहाँको आज दिउँसो १२ बजे दाङ गढवा गाउँपालिका–स्थित बालापुरमा निधन भएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।

परिवार स्रोतका अनुसार अचानक उहाँको अन्तिम सास गएको बताइएको छ ।
अध्यक्ष यादव हाल कपिलवस्तु जिल्ला क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका उम्मेदवार हुनुहुन्छ ।

उहाँले जनता लोकतान्त्रिक पार्टी नेपालको चुनाव चिन्ह ‘भैंसी’ लिएर चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै आउनुभएको छ ।

दिवंगत सोनापती यादवको अन्त्येष्टि आजै पारिवारिक परम्पराअनुसार गरिने परिवारले जनाएको छ ।

उहाँको निधनले यादव परिवारमा मात्र होइन, शुभेच्छुक तथा समर्थकहरूमाझ पनि शोकको वातावरण सिर्जना भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu