Connect with us
Kapilvast Forest

कपिलवस्तु शिवराजका १५० कृषक सम्मानित

२०८२, ३ चैत्र मंगलवारमा प्रकाशित

कपिलवस्तु — कृषकलाई प्रोत्साहन गर्दै कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ७ मा कृषक सम्मान तथा उन्नत बीउ वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा करिब १५० जना स्थानीय कृषकलाई सम्मान गर्दै उन्नत जातका बीउ वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख वक्ता वडा अध्यक्ष अनुप कुमार चौधरीले कृषकको मेहनतले नै देशको अर्थतन्त्र मजबुत हुने बताउँदै कृषकको सम्मान र प्रोत्साहनका लागि यस्ता कार्यक्रम निरन्तर गरिने जानकारी दिनुभयो ।

उहाँले आधुनिक प्रविधिसहितको खेती प्रणाली अपनाएर उत्पादन वृद्धि गर्न कृषकलाई आग्रह पनि गर्नुभयो ।

वडा सचिव राम प्रसाद चौधरीले कृषकको आवश्यकता र स्थानीय बालीअनुसार उन्नत बीउ वितरण गरिएको जानकारी दिनुभयो ।उहाँका अनुसार कृषिमा आत्मनिर्भरता बढाउने तथा कृषकको मनोबल उच्च बनाउने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा स्थानीय कृषक, जनप्रतिनिधि तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो । सम्मानित कृषकहरूले यस्ता कार्यक्रमले कृषिप्रति थप उत्साह र हौसला प्रदान गरेको बताएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu