रुपन्देहीको खुरहुरियामा लागुऔषध कारोबारीमाथि गोली प्रहार, एक जना घाइते
रुपन्देही । रुपन्देहीमा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् ।
रोहिणी गाउँपालिका ४ कोटहवामा लागुऔषध ओसारपसारको सूचनाको आधारमा तीन जना सवार यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा भाग्ने क्रममा प्रहरीले गोली चलाएको हो ।
घाइते हुनेमा रुपन्देहीको रोहिणी गाउँपालिका २ खुरहुरियाका विशाल यादव छन् । वाँया खुट्टामा गोली लागेर यादवको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ ।
प्रहरीले लागुऔषधसहित विशाल यादव, भारतको महाराजगञ्ज, पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र सोही स्थानका २० वर्षीय विनय पाण्डेयलाई पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।