Connect with us
Kapilvast Forest

‘ह्वाइट हाउस डिनर’ समारोहमा गोली चल्यो

२०८३, १३ बैशाख आईतवारमा प्रकाशित

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी ‘ह्वाइट हाउस डिनर’ समारोहमा तनाव भएको छ । सुरक्षा खतरा उत्पन्न भएपछि ट्रम्पलाई तत्काल सुरक्षित स्थानतर्फ लगिएको छ। राष्ट्रपति ट्रम्पलाई मञ्चबाट हतार-हतार बाहिर निकालिए लगत्तै सुरक्षा निकायले शंकास्पद ‘सुटर’ लाई नियन्त्रणमा लिएको बिबिसीले जनाएको छ।

घटनापछि प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले ‘सुटर’ पक्राउ परेको पुष्टि गरेका छन्। वार्षिक रूपमा आयोजना हुने यो प्रतिष्ठित पत्रकार सम्मेलन र रात्रिभोज कार्यक्रममा राष्ट्रपतिले सम्बोधन गर्ने तयारी गरिरहँदा अचानक सुरक्षा अधिकारीले ट्रम्पलाई घेरेर सुरक्षित स्थानतर्फ लगेका थिए।

घटनाका कारण केही समय समारोहस्थलमा अन्योल र त्रासको वातावरण बनेको थियो। सुरक्षाकर्मीहरूले उक्त क्षेत्रलाई तत्कालै घेरा हाली थप अनुसन्धान सुरु गरेका छन्। पक्राउ परेका व्यक्तिको पहिचान र उनको उद्देश्यबारे थप विवरण आउन बाँकी छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu