Connect with us
Kapilvast Forest

एसइईको रिजल्ट वैशाख अन्तिम साता

२०८३, १३ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को रिजल्ट वैशाख अन्तिम साता प्रकाशन गर्ने भएको छ ।

विगतमा परीक्षा सकिएको तीन महिनामा रिजल्ट आउने गरेकोमा बोर्डले यस पटक भने एक महिनाभित्रमै नतिजा सार्वजनिक गर्न लागेको हो ।

तेस्रो साताको अन्तिमतिरै नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ ।
अहिले प्राप्त अंकलाई रुजु गर्ने काम भइरहेको छ । रुजु गर्दा पनि कुनै प्राविधिक समस्या देखिएन भने यो महिनाको अन्तिममा रिजल्ट प्रकाशन गर्ने तयारी छ ।

नयाँ सरकार गठन भएपछि सुरु भएको एसइईको नतिजा सुरुमा त १५ दिनभित्रमै सार्वजनिक गर्ने विषयमा पनि छलफल भएको थियो तर निकै नै हतार गर्दा समस्या आउन सक्ने देखिएकाले बढीमा एक महिनाभित्रमा सार्वजनिक गर्ने विषयमा मन्त्रालय र बोर्डका अधिकारीबिच छलफल भएको थियो ।

नतिजा प्रकाशनलाई छरितो बनाउन यस पटक एसइईको उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो भने उत्तरपुस्तिका परीक्षण गर्न जनशक्ति पनि धेरै खटाइएको थियो ।

एसइई चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा मुलुकभरबाट पाँच लाख १२ हजार ४२१ जना सहभागी भएका थिए । जसमध्ये दुई लाख ५७ हजार ६१३ जना छात्रा र दुई लाख ५४ हजार ८०१ जना छात्र छन् ।

एसइई गत चैत २९ गते सकिएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu