शिक्षा क्षेत्रमा बजेट बढ्यो
काठमाडौ । आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रको बजेटमा वृद्धि भएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रका लागि र दुई खर्ब १८ अर्ब ३० करोड बजेट बिनियोजन गरेका हुन ।
यो रकम कुल बजेटको १० दशमलव २८ प्रतिशत हो । चालु आर्थिक वर्षमा शिक्षा मन्त्रालयका लागि दुई खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएकामा अहिले शिक्षा क्षेत्रका लागि मात्रै सात अर्ब बजेट बढाइएको छ ।
चालु आर्थिक वर्षमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कायम थियो भने हाल शिक्षा तथा खेलकुद मन्त्रालयमा परिवर्तन भएको छ । आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको विकासका लागि रु चार अर्ब तीन करोड अलग्गै विनियोजन गरिएको छ ।