आर्थिक वर्ष २०८३/८४ को बजेट : २१ खर्ब २४ अर्ब ३४ करोड
काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटको आकार प्रस्तुत गर्दै राजस्व, अनुदान र ऋणमार्फत स्रोत व्यवस्थापन गरेका हुन ।
बजेटमध्ये चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ (५९.८ प्रतिशत, पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ (१९.९ प्रतिशत) विनियोजन गरिएको छ ।
सरकारले बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ जुटाउने लक्ष्य राखेको छ । त्यस्तै वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ, वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब रुपैयाँ र आन्तरिक ऋणबाट ४ खर्ब १९ अर्ब रुपैयाँ सङ्कलन गरिने उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरिएको थियो । नयाँ बजेट अघिल्लो वर्षको तुलनामा करिब २५ प्रतिशतले ठुलो हो ।