Connect with us
Kapilvast Forest

रास्वपाको सभापतिमा पुनः बालकृष्ण पाण्डेय निर्वाचित

२०८३, १६ जेष्ठ शनिबारमा प्रकाशित

कपिलवस्तु_

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शिवराज नगर समितिको अधिवेशनबाट पुनः बालकृष्ण पाण्डेय नगर सभापतिमा चयन भएका छन्।
प्रथम अधिवेशनले उपसभापतिमा फैजल खान, सचिवमा जीवन काफ्ले तथा सह–सचिवमा मोहनकुमार बुढालाई सर्वसम्मत रूपमा चयन गरेको छ।
त्यसैगरी सदस्यहरूमा चूडामणि कामी, शारदा खड्का, यमी पुन, मिनाकुमारी पुरी, गुलाबजहाँ खातुन, शिला चौधरी, इरसाद खाँ, खोमेन्द्रप्रसाद अधिकारी, सलिम मुसलमान र प्रकाश बिक चयन भएका छन्।

अधिवेशनले पार्टीको आगामी केन्द्रीय महाधिवेशनका लागि टुकलाल पौडेल (सागर) र सन्तोष आचार्यलाई प्रतिनिधि चयन गरेको छ। यस्तै प्रदेश अधिवेशन प्रतिनिधिमा राजेशकुमार चौधरी र दलर्जन केसी तथा जिल्ला अधिवेशन प्रतिनिधिमा जीवलाल पराजुली, बद्रीप्रसाद श्रीवास्तव र शरद अधिकारी सर्वसम्मत रूपमा चयन भएका छन्।

कार्यक्रममा रास्वपाका नेता विष्णुहरि शर्मा, नारायण खनाल तथा मिर्जा रासिद लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै संगठन सुदृढीकरण, जनसरोकारका विषयमा प्रभावकारी भूमिका निर्वाह तथा पार्टीलाई थप मजबुत बनाउन नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

नवनिर्वाचित सभापति पाण्डेयले आफूलाई पुनः विश्वास गरेर जिम्मेवारी प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै पार्टीलाई वडा तहसम्म थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। अधिवेशनबाट सम्पूर्ण पदाधिकारी तथा प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भएका हुन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu