Connect with us

एउटै घरमा भेटिए २० भन्दा बढी शव

२०८३, १६ भाद्र मंगलवारमा प्रकाशित

नुवाकोटको विदुर नगरपालिका-१० मा पर्ने बेत्रावतीस्थित एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। भदौ १० गते बुधबारको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट ज्यान गुमाएहरूको ठूलो संख्यामा शव एउटै घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले जानकारी दिए।

उनका अनुसार शवको संख्या भने एकिन भइसकेको छैन। ‘हो, बेत्रावतीस्थित एउटै पुरिएको घरमा धेरै वटा शव एउटै कोठाभित्र फेला परेको छ। यद्यपि पानी परेको र राति पनि भइसकेका कारणले शव कतिवटा छन् भन्ने एकिन भने भइसकेको छैन,’ एसपी रेग्मीले अनलाइनखबरसँग भने।

विश्वस्त स्रोतबाट अनलाइनखबरलाई प्राप्त एक तस्वीरमा करिब २ दर्जन शव एउटै कोठाभित्र असरल्ल छरिएको अवस्थामा देखिन्छ।

विदुर नगरपालिकाका वडा सदस्य मंगल तामाङले भने २२ वटा शव उक्त घरमा रहेको बताए। ‘आज २२ जनाको शव एउटै घरमा फेला पर्‍यो। घण्टी घरभन्दा अलिमाथिको घरमा हो। एउटा ठूलो घरमा हो। ड्रोन पठाएर हेर्न आग्रह गरेका थियौं,’ वडा सदस्य तामाङले अनलाइनखबरसँग भने।

आज थप सुरक्षाकर्मीहरूसहितको टोली उक्त घरमा पुग्दा ठूलो संख्यामा शव भेटिएको उनले जानकारी दिए। ‘यो घरबाट आज ५-६ वटा शव निकाल्यो। अरु त्यहीँ छ। अस्ति प्रयास गरेको थियो सकेन। हिजो पनि प्रयास गरेको सकेन । आज सशस्त्रहरू पनि गयो। अनि धेरै भेटियो। १६ वटा शव अझै त्यहीँ छ,’ उनले थप भने, ‘धेरै शवहरू चिन्न नसक्ने अवस्थामा छ।’

प्रहरीका अनुसार उक्त शवहरू भेटिएको घरमा मंगलबार बिहान पुन: उद्धार र खोजको काम अघि बढाइनेछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu