Connect with us
Kapilvast Forest

तराई,मधेशमा तिनछठ्ठी पर्व मनाइँदै

२०८३, १७ भाद्र बुधबारमा प्रकाशित

कपिलवस्तु

साउन शुक्ल षष्ठिका दिन कपिलवस्तु सहितका तराईका जिल्लाका महिलाहरू व्रत र पूजा पाठ गरि तिन छठ्ठि पर्व मनाउँदै छन् ।

कपिलवस्तुको तौलिहवा सहित जिल्लाभरि मधेसी समुदायका महिलाले व्रत, पूजापाठ गरि तिन छठ्ठि पर्व मनाउन थालेका हुन । बिहानै देखि व्रत बसी कुशको पूजाआजा गरि सो पर्व मनाउने प्रचलन छ । छोरा हुने महिलाले सन्तानको सुख शान्ति र दीर्घायु तथा छोरा नभएका महिलाले छोरा जन्मिने मनोकामना सहित यो व्रत राख्ने गरेका छन् ।

हिन्दु परम्परा अनुसार पलास र महुवाको पात सहित कहिल्यै नजोतेको खेतमा उब्जेको तिन्नी चामल, महुवा र दही राखी पूजापाठ गरिन्छ । यो व्रत आमाले छोराको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै बस्ने गर्छन् । व्रतालु महिलाहरू दिनभरि निर्जल व्रत बसी तीनछठी माताको महिमासहितका गीतहरू गाउने तथा तीनछठी माताका कथाहरू भन्ने र सुन्ने गर्छन् ।

यो व्रतका बेला नजोतिएको खेतमा उत्पादित जङ्गली धान (तिन्नी) को चामलको भात, साग र दही खाएर महिलाहरूले व्रत गर्ने गर्दछन् । व्रतका बेला कुशसँगै देवीहरूको मन्दिर पूजाआजा गर्ने प्रचलन छ । पूजाका लागी दही, महुवा र चनाका विभिन्न प्रसाद बनाउने गरिएको व्रतालु महिलाहरू बताउँछन् ।

सन्तान प्राप्ति र सन्तानको श्रीवृद्धिको मनोकामना पुरा हुने भएकाले तिन छट्ठि देवीको पूजा गर्दै आएको व्रत गरि तिन छठ्ठि देवीको पूजा गरिने गरेको कपिलवस्तु नगरपालिका वडा नम्बर १ की शान्ति पटहारले बताइन । नेपालको पश्चिम तराई मधेसी समुदायका महिलाहरूले छोरोको स्वस्थ र आयुलाई अझै राम्रो कामना गर्दै तिन छठ्ठी पर्व विशेष पूजा पाठ गर्नेका छन् । यस पर्वमा घाँसे कुसमा ६ वटा गाँठ पारी महुवा र तिन्नी नाम गरेको चामलको पूजा पाठ गरी आफ्ना छोराहरूलाई टिका टाला गर्ने गरिएको पटहारले बताइन ।

व्रत बस्ने आमाहरूले बिहान देखी गोधुली साँझ सम्म निर्जल रही साँझ हुनु भन्दा अगावै तिन्नी चामलको भात पकाई साग र दहीसँग खाने गर्छन् ।

तिन–छठ्ठीका व्रत बस्ने व्रतालुहरू जोतेको खेतमा न–जाने र जोतेको खेतबाट उत्पन्न भएका कुनै पनि फल र अन्न खान नहुने विश्वास रहेको छ । व्रतालु महिलाहरू घरभन्दा बाहिर खनजोत नगरिएको न खेतमा गई कुसमा ६ वटा गाँठ पारी पूजा गरी त्यही एक जुट भई केही समय सम्म बसी सबैले पालै पालो आमा र छोराको कथा ९कहानी० सुनेर व्रत गरिएको कपिलवस्तु नगरपालिका २ कि सावित्री चौधरीले बताइन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu