Connect with us
Kapilvast Forest

राष्ट्रिय सभा अध्यक्षसमक्ष खाँको ध्यानाकर्षण: कृष्णनगर नाका सुधारदेखि ‘हिट एन्ड रन’ कानुनसम्म

२०८३, २६ भाद्र शुक्रबारमा प्रकाशित

न्युज सेन्टर नेपाल- कपिलवस्तु.
कपिलवस्तुको कृष्णनगर नाकाको सुधार, सीमा व्यापार तथा पर्यटन प्रवर्द्धनसँगै सवारी दुर्घटना र ‘हिट एन्ड रन’ सम्बन्धी कानुनी व्यवस्थामा सुधार गर्न नेपाली कम्युनिष्ट पार्टी कपिलवस्तुका जिल्ला उप–सचिव इन्तेखाब अहमद खाँले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दहाल समक्ष दुई महत्वपूर्ण विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।

खाँले कृष्णनगर नाकाबाट भारतीय पर्यटकका सवारीसाधन नेपाल प्रवेश गर्दा लाग्ने प्रतिदिन २ हजार ५ सय रुपैयाँ जरिवाना हटाउन, कृष्णनगरमा अध्यागमन कार्यालय स्थापना गर्न तथा पर्यटकमैत्री भन्सार सेवा सञ्चालन गर्न माग गर्नुभएको छ ।

त्यसैगरी, कृष्णनगरमा आधुनिक ‘ड्राइ पोर्ट’ (Dry Port) निर्माणको प्रक्रिया अगाडि बढाई यस क्षेत्रलाई पर्यटन तथा व्यापारको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न आवश्यक पहल गरिदिन उहाँले आग्रह गर्नुभएको छ ।

खाँका अनुसार कृष्णनगर नाका कपिलवस्तुको मात्र नभई नेपालको पर्यटन, व्यापार, सीमा व्यवस्थापन र राजस्वसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण नाका भएकाले यहाँको पूर्वाधार र सेवा प्रणालीलाई समयअनुकूल सुधार गर्न आवश्यक छ ।

त्यस्तै, नेपालमा बढ्दै गएको सवारी दुर्घटना तथा ‘हिट एन्ड रन’का घटनालाई मध्यनजर गर्दै कानुनी तथा न्यायिक प्रक्रियालाई थप व्यवहारिक, छिटो र न्यायसंगत बनाउनुपर्ने विषयमा पनि उहाँले राष्ट्रिय सभा अध्यक्षको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले दुर्घटनाका पीडितले छिटो न्याय पाउने र दोषीलाई कानुनअनुसार प्रभावकारी कारबाही हुने व्यवस्था सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । दुर्घटनाको प्रकृति, चालकको नियत र परिस्थितिअनुसार कानुनी प्रक्रिया स्पष्ट तथा व्यवहारिक बनाउनुपर्ने उहाँको माग छ ।

खाँले यी विषय कृष्णनगर र कपिलवस्तुको मात्र नभई नेपालको पर्यटन, व्यापार, सीमा व्यवस्थापन, राजस्व तथा नागरिक सुरक्षासँग जोडिएका राष्ट्रिय महत्वका विषय भएको बताउनुभएको छ ।

उहाँले कृष्णनगरको विकास र स्थानीय जनताको हितका लागि आफ्नो पहल निरन्तर जारी रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
पाठ्यसभाका अध्यक्ष नारायण प्रसाद दाहालले कपिलवस्तुको सिमानाका समस्या समाधानका लागि सम्बन्धित निकायसंग पहल गर्ने बताउनुभयो ।
सिमानाकामा नागरिकहरूलाई धेरै दुःख भएको विषयवस्तु उठिरहेको बेला यस्तो ध्यानाकर्षण पत्र आउनु सकारात्मक रहेको अध्यक्ष दहालले जानकारी दिनुभयो ।

अध्यक्ष दहालले कृष्णनगर लगायतका कपिलवस्तुका बारेमा आएका विषयवस्तुलाई सम्बन्धित निकायमा पठाउने आश्वासन दिनुभयो।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष युवा नेता इन्तेखाब खाँले बुझाउनुभएको पत्र यस प्रकार रहेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu