Connect with us

प्रधानमन्त्री राहत कोषमा मुस्लिम अगुवाद्वारा २ लाख ७८ हजार सहयोग

२०८३, २६ भाद्र शुक्रबारमा प्रकाशित

न्युजसेन्टर नेपाल, कपिलवस्तु-

प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न मुस्लिम सामाजिक तथा धार्मिक संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ७८ हजार १४० रुपैयाँ सहयोग गरेका छन् ।

जामिया सिराजुल उलूम, झण्डानगर, डा. सलमान, कृष्णनगर, शिवराज चन्द्रौटा र कृष्णनगर मुस्लिम समाजको तर्फबाट उक्त सहयोग रकम कोषमा जम्मा गरिएको मौलाना मुजीबुद्दीन मदनीले जानकारी दिनुभयो ।

सहयोग रकम मौलाना मशहूद नेपाली, मौलाना मुजीबुद्दीन मदनी, डा. सलमान र मुहम्मद मुस्तफा वकिल स्वयं उपस्थित भई आफ्नै हातबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको हो ।
शुक्रबार (जुमा) को नमाजमा संकलन गरिएको रकमको भौचर जिल्ला प्रशासन कार्यालय कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई बुझाइएको अधिवक्ता मुस्तफा खानले जानकारी दिनुभयो ।

प्राकृतिक विपद्को कठिन परिस्थितिमा पीडित तथा प्रभावित नागरिकप्रति मानवीय संवेदना र सामाजिक उत्तरदायित्व व्यक्त गर्दै गरिएको उक्त सहयोगले राहत तथा उद्धार कार्यमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

सहयोगकर्ताहरूले विपद्को समयमा पीडित नागरिकलाई राहत उपलब्ध गराउन सबै पक्षबाट सक्दो सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu