Connect with us
Kapilvast Forest

चितवन राष्ट्रिय निकुञ्जमा ‘रोनाल्डो’ हात्तीको मृत्यु

२०८३, ३ आश्विन शनिबारमा प्रकाशित

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत भेटिएको छ।

चितवनको मध्यवर्ती क्षेत्र २० हजारी ताल नजिकै रहेको कुमाल ताल क्षेत्रमा रोनाल्डो मृत भेटिएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए । थापामगरले हात्ती मृत फेला परेको बारेमा अनुसन्धान भैरहेको बताए । रोनाल्डो हात्ती २४ वर्ष अगाडि निकुञ्जमा देखिएको थियो ।

हात्ती प्रजनन् केन्द्रमा रहेका पोथी हात्ती रोनाल्डो हात्तीबाट नै गर्भवती हुँदै आएका थिए । रोनाल्डो ३८ वटा छावाको बाबू भएको निकुञ्जले जनाएको छ।