Connect with us

त्रिपुरेश्वरमा आगजनी भएको बसका चालकको मृत्यु

२०८३, ६ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौ । काठमाडौंको त्रिपुरेश्वरमा बस आगलागीको क्रममा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ।

सोमबार राति कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक रहेको उनी त्रिपुरेश्वर चोकमा ट्राफिक प्रहरीसँग विवाद भएपछि बसमै आगो लगाएका थिए ।

ट्राफिक प्रहरीसँग विवाद भएको भिडिओमा उनले आफूले गल्ती नगरे पनि ट्राफिक प्रहरीले चिट काट्न खोजेको भन्दै आक्रोश पोखेका थिए ।

घटनाको छानबिन गर्नका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति समेत गठन गरेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu