क्षेत्राधिकार बाहिर जादा शिवराजलाई अदालतको डण्डा
कपिलवस्तु-
शिवराज नगरपालिकाले क्षेत्राधिकार बाहिर गई स्टन्डबाजी गर्दा कानुनी झमेलामा परेको छ ।
नगरपालिकाले कुनैपनी सूचना नदिई पालिका भित्र संचालनमा रहेका स्पा र डन्सवारलाइ जबर्जस्ति बन्द गराउन खोजेपछि कानुनी झमेलामा फसेको हो ।
सोमबार चन्द्रौटा स्थित स्पा र डन्सवारमा नगरपालिकाले प्रहरी आडमा बल प्रयोग गरि बन्द गराउन खोजेपछि उच्च अदालतले कारण देखाउन भन्दै परमादेश जारी गरेको छ नगरपालिकाको अवैधानिक कदम बिरूद् मंगलबार अदालतमा रिट दर्ता गराएका थिए ।
शिवराज नगरपालिकाले मनोरञ्जन तथा होटल व्यावसाय संचालन सम्बन्धि कुनै कानुन तथा मापदण्ड नबनाई कम्पनि रजिस्ट्रार कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र आन्तरिक राजस्व कार्यालयमा दर्ता भई संचालनमा रहेका होटल, स्पा सेन्टर र डन्सवार बन्द गराउन उर्दि जारी गरेको थियो ।
पिडित ब्यवसायीहरूको रिट उपर सुनुवाइ गर्दै न्यायधीश डालकुमार खड्काले आज (बुधबार)उत्प्रेरणयुक्त परमादेश जारी गरेको छ ।
अदालतले असोज १६ गते शिवराज नगरपालिका सहित ६ वटा सरकारी निकायलाई कारण सहित १५ दिन भित्र अदालतमा उपस्थित हुन परमादेश जारी गरेको हो ।
नियमसंगत दर्ता भएका स्पा तथा डान्सबार, होटेल नगरपालिकाले बल प्रयोग गरेको भन्दै परेको संचालक रुक्सार खातुन, नारायण भुसाल र खुशनुमा बेगमले रिट दिएका थिए ।

काठमाडौं,पोखरा, बुटवल लगायत शहरहरूमा रात्रीकालिन व्यवसाय संचालन गर्न स्थानीय सरकारले सहजीकरण र अनुमति दिदै आएकोमा शिवराज नगरपालिका संचालनमा रहेका व्यवसाय बन्द गराउदै हिड्नु आफैमा आपत्तिजनक रहेको व्यवसायी बताउछन् ।
नगरपालिकाले होटल व्यवसाय तथा मनोरन्जन व्यवसाय संचालन कानुन नबनाउने तर स्टन्ड र सस्तो लोकप्रियता कमाउन ब्यवसायीहरूको उठिबास लगाउने गतिविधि आपत्तिजनक रहेको ब्यवसायीहरूको आरोप छ ।