Connect with us
Kapilvast Forest

भारतीय गाडीमा ४९९ किलो गाँजा भेटियो

२०८३, ७ मंसिर आईतवारमा प्रकाशित

प्रहरीले ४९९ किलो गाँजासहित धरानबाट एक भारतीय नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बीआर ११ वाई ३०३९ नम्बरको गाडीसहित चालक मोरङको विराटनगर महानगरपालिका–१३ का ३२ वर्षीय अजयकुमार साहलाई नियन्त्रणमा लिएको छ ।

सो गाडीभित्र खानतलासी गर्दा ४९९ किलो तयारी गाँजा भेटिएको प्रहरीले जनाएको छ ।