Connect with us
Kapilvast Forest

जनकपुर-जयनगर रेल सेवा आज उद्घाटन, चढ्न परिचयपत्र अनिवार्य

२०७८, १९ चैत्र शनिबारमा प्रकाशित

 

जनकपुर- नेपाल रेल सेवाको औपचारिक उद्घाटन आज हुँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका समकक्षी नरेन्द्र मोदीले आज दिउँसो साढे १२ बजे नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट रेल सेवाको अर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ।

यसअघि नै संचालनमा आएको सो रेल सेवा विस्तारसहित पुनः संचालनका ल्याउन लागिएको हो। जयनगरमा अति विशिष्ट व्यक्तिहरु रहने र त्यहाँबाट प्रोजेक्टरमा दिल्लीमा हुने उद्घाटन कार्यक्रम देखाइनेछ। उद्घाटन गरेपछि रेल कुर्थाका लागि प्रस्थान गर्नेछ।

प्रत्येक स्टेशनमा स्कुलका बालबालिकाहरु नेपाल भारतको झण्डा लिएर रेलको स्वागत गर्नेछन्। उनीहरुलाई समेत त्यही रेलमा चढाएर कुर्था ल्याइनेछ। कुर्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल चढेर जनकपुरसम्म आउने र उद्घाटनको अन्य कार्यक्रम गरिने कार्यतालिका छ। आज उद्घाटन भएपछि भोलिदेखि नै तालिकाअनुसार धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए।

आइतबारबाट बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्ने छ भने दुई घण्टापछि कुर्था स्टेसनमा पुग्नेछ। महाप्रबन्धक झाका अनुसार जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि निस्किने रेल साढे १२ बजे जयनगर स्टेसनमा पुग्ने बताए।

जयनगर गएको रेल पुनः ३ बजे फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको बताए। रेल नियमित रूपमा सञ्चालन हुने र नेपाल सरकारले खरिद गरेको दुई सेट डेमो रेल फागुन १ गते देखि ‘ड्राइरन’ गर्दै आएको छ। सुरुमा दिनहुँ एक पटक चलाए पनि चैत १ गतेदेखि एक दिनको बिताएर यात्रुबिना सञ्चालन हुँदै आएको थियो।

भाडादर निर्धारण

जयनगर–जनकपुरधाम-कुर्थासम्म सञ्चालन हुने रेल्वेको भाडा समेत निर्धारण गरिएको झाले बताए। नेपाल रेल्वे कम्पनीले कुर्थादेखि जयनगरसम्मको भाडा साधारण ९० रुपैया र एसीमा ४ सय ५० रुपैयाँसम्म निर्धारण भएको छ। ​ जनकपुरधामदेखि जयनगरसम्मको सामान्य कोचको ७० र एसी कोचको ३५० रुपैयाँ भाडा निर्धारण गरिएको छ।

महाप्रबन्धक झाका अनुसार जनकपुरधामदेखि परवाहा र कुर्थाको सामान्य कोचको २० र एसी कोचको १००, वैदेहीको सामान्य कोचको २५ र एसी कोचको १ सय २५, महिनाथपुरको सामान्यको ३५ र एसीको १ सय ७५, खजुरीको सामान्य कोचको ५५ र एसी कोचको २ सय ७५, इनर्वाको सामान्य कोचको ६० र एसी कोचको ३ सय रुपैयाँ भाडा निर्धारण गरिएको हो।

यस्ता छन् नियम

रेलमा यात्रा गर्दा भारतको जयनगरसम्म जानका लागि नेपाली नागरिकले केही कागजात साथमा राखेपछि मात्र प्रवेश पाउनेछन्। सुरक्षा र खुला सीमाका कारण नेपाली नागरिकले रेलमा यात्रा गर्दा पासपोर्ट वा नागरिकताको प्रमाणपत्र अनिवार्य रूपले साथमा राख्नुपर्ने जानकारी दिए। नागरिकता नभएको खण्डमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र अनिवार्य रूपले साथमा राख्नुपर्ने छ।

उस्तै, आकस्मिक प्रवेशका लागि भारतस्थित नेपालको महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफरिस पत्र वा प्रमाणपत्र साथमा बोक्न भनिएका छन्।

१० देखि १८ वर्ष उमेरसम्मका बालबालिकाको हकमा स्कुलको आइडी कार्ड अनिवार्य साथमा राख्नुपर्नेछ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu