युवतीको प्रयोग गरी ४० लाख फिराैती !
झापा । युवती प्रयोग गरी विर्तामोडका एक व्यापारीसँग ४० लाख फिरौती माग गर्ने चार जनालाई जिल्ला अदालत झापाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
विर्तामोड नगरपालिका–४ मा मोटरसाइकलको रिकण्डिशन हाउस सञ्चालन गर्ने २९ वर्षीय मेराज खान, इलाम फाकफोकथुम–१ घर भई हाल विर्तामोड–२ चारपाने बस्ने रितु फियाक, भारतको दार्जिलिङस्थित खोरीबारी ठेगाना बताउने २७ वर्षीय सञ्जु क्षेत्री भन्ने सुजन शङ्कर र विर्तामोड–४ का २५ वर्षीय प्रकाश दासलाई थुनामा राख्न अादेश दिएकाे नायब उपरीक्षक माेहन थापाले जानकारी दिनुभयाे ।
उनीहरुले एक युवतीलाई प्रयोग गरी व्यपारीसँग ४० लाख माग गरेका थिए ।