Connect with us
Kapilvast Forest

मेयरको उम्मेदवार सिफारिस गर्न एमाले भिमादले गर्‍यो मतदान

२०७८, २९ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं-नेकपा एमाले तनहुँस्थित भिमाद नगर कमिटीले मेयरका लागि पार्टीबाट आकांक्षी धेरै भएपछि नाम सिफारिस गर्न मतदान गरेको छ।०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा भिमाद नगरपालिकाको मेयरमा उठ्न एमालेबाट आठ जना आकांक्षी थिए।

उनीहरूमध्ये धेरै मत ल्याएका नगर कमिटी अध्यक्ष इमान थापा र दधिराज सुवेदीको नाम सोमबार मेयरका लागि सिफारिस भएको छ। सुवेदीले ५८ र थापाले ५७ मत ल्याएका थिए। उनीहरूमध्ये एक जनालाई पार्टीले मेयरको टिकट दिने सम्भावना छ।

अहिलेका मेयर मेखबहादुर थापाले भने ३६ मत मात्रै ल्याएकोले उनी मेयर उम्मेदवार हुन सिफारिसमा परेका छैनन्।साथै उपमेयरमा शारदा खनाल, चन्द्रावती श्रेष्ठ र नारायणी गैह्रेको नाम सिफारिस गरिएको एमाले भिमाद नगर कमिटीले जनाएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu