Connect with us
Kapilvast Forest

धरहरा पुनःनिर्माणको काम ७८ प्रतिशत सम्पन्न, म्याद थप्ने तयारी

२०७९, १ बैशाख बिहीबारमा प्रकाशित

 

काठमाडौं- धरहरा पुनःनिर्माणको काम अझैँ सकिएको छैन । गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ धरहराको उद्घाटन गर्नुभएको थियो । तर, उद्घाटन भएको एक वर्ष बित्न लाग्दासमेत धरहरा पुनःनिर्माणकाे काम अझैँ सकिएको छैन । जसका कारण सर्वसाधारणकाे रहर चढ्ने ईच्छा पूरा हुन सकेको छैन । तर, त्यही धरहरा पुनःनिर्माण नसकिएपछि अहिले म्याद थपको प्रकृया अघि बढाइएको छ ।

पुनःनिर्माणको जिम्मेवारी लिएको ठेकेदार कम्पनी रमन कन्ट्रक्सनले समयमा काम पूरा गर्न नसक्दा अहिले घरहरा पुनःनिर्माणको म्याद थप्न लागिएको हो । जसको समय यही चैत्र मसान्तमा रहेकाले म्याद थपको प्रकृया अघि बढेको छ । अहिलेसम्म धरहरा पुनःनिर्माणको काम भौतिकतर्फ ७८ प्रतिशत काम सम्पन्न भएको रमन कन्ट्रक्सनका आयोजना प्रबन्धक सञ्जय नकर्मीले बताउनुभयो ।

रमन कन्ट्रन्सले अब डेढ वर्षको म्याद थपिदिए पुनःनिर्माणको सम्पूर्ण काम सकिने जनाएको छ । कन्ट्रक्सनका आयोजना प्रबन्धक नकर्मीका अनुसार आगामी डेढ वर्षका लागि म्याद थप गर्न सहरी विकास मन्त्रालयलाई पत्र पठाइएको छ ।

‘धरहरा पुनःनिर्माणको काम सम्पूर्ण रुपमा सक्न अझै डेढ वर्ष लाग्छ । त्यसैले हामीले डेढ वर्षका म्याद थपिदिन आग्रह गरेर पत्र पठाएका छौँ। उताबाट डेढ वर्ष त थप्न सकिन्न भनेर जवाफ पठाउनुभएको छ ,’नकर्मीले भन्नुभयो‘ त्यो भन्दा कम समय थप्न सकिने आशय आएको छ । ’ यद्यपि सर्वसाधारणले भने दशैँमा धरहरा चढ्न पाउने गरी निर्माण कार्यसञ्चालन गरिरहेको नकर्मीको भनाइ छ । ‘सर्वसाधारणले दशैँमा धरहरा चढ्न पाउने गरी निर्माण कार्य गरिरहेका छौँ,’ उहाँले भन्नुभयो ‘तर, बाहिरका अन्य काम सम्पन्न गर्न धेरै समय लाग्ने भएर डेढ वर्ष म्याद थपको माग गरिएको हो । ’

गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ धरहराको उद्घाटन गर्नुभएको थियो । तर, उद्घाटन भएको एक वर्ष बित्न लाग्दासमेत धरहरा पुनःनिर्माणकाे काम अझैँ सकिएको छैन । जसका कारण सर्वसाधारणकाे रहर चढ्ने ईच्छा पूरा हुन सकेको छैन ।