Connect with us
Kapilvast Forest

रौतहटमा मतपेटिका लुटेर भागेका पूर्वप्रहरी हवल्दार पक्राउ

२०७९, ६ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौं-रौतहटमा मतपेटिका लुटेर भागेका मुख्य आरोपी पक्राउ परेका छन्।यमुनामाई गाउँपालिका-२ बस्ने ४६ वर्षीय चन्देश्वर बैठालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ मा रौतहटको यमुनामाई-२स्थित श्री मावि भेडियाही स्कुलमा रहेको मतदान केन्द्रबाट मतपेटिका लुटिएको थियो।मतदान स्थगित भएपछि मानिसहरूको हुल आएर जबरजस्ती प्रवेश गरी बैठाले मतपेटिका लुटेर भागेका थिए।

प्रहरीले हवाई फायर गरेपछि बैठाले सो मतपेटिका छाडेर भागेका थिए। घटनापछि फरार भएका बैठाको खोजी गरी प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरी नायब उपरीक्षक मल्लका अनुसार उनी पूर्व प्रहरी हवल्दार समेत हुन्।‘उनी पूर्व प्रहरी हुन् भन्ने बुझिएको छ। प्रहरी भइसकेको हुँदा धेरै कुराहरूमा सहज हुन्छ। उनलाई धेरै कुरा थाहा रहेछ। सुरक्षा व्यवस्था कस्तो छ भन्ने पनि थाहा हुन्छ, ’ उनले भने, ‘उनी आफै पनि कति पटक खटिसकेको पनि होला।’ उनी कुन पार्टीमा आबद्ध छन् भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ।

उनीमाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानूनी कारबाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।

बैठाले नेपाल प्रहरीमा १७ वर्ष काम गरेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत हुँदा लागुऔषध तस्करी गरेको पाएपछि उनलाई निलम्बन गरी प्रहरीबाट हटाएको थियो।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu