शिवराजका जनप्रतिनिधिद्वारा सपथ ग्रहण
अर्जुन बेल्बासे ,कपिलवस्तु -कपिलवस्तुकोे शिवराज नगरपालिकाका नव नवनिर्वाचित जनप्रतिधिहरूले सपथ ग्रहण गरेका छन् ।नवनिर्वाचित नगर प्रमुख अजय थापालार्ई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस तेजेन्द्र प्रसाद शर्माले शपथ ग्रहण गराउनु भएको थियो ।
पद भार ग्रहण पछि थापाले नगर उप्रमुख शिवकुमारी थारुसहित ११ वटै वडाका वडा अध्यक्ष र निर्वाचित सदस्यहरुलाई सपथग्रहण गराउनु भएको हो ।
सपथ ग्रहण पछि सम्पुर्ण जनप्रतिनिधिहरुले आज नै कार्यभार सम्हालेको शिवराज नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत गणेश अर्यालले जानकारी दिनु भयो ।

शिवराज नगरपालिकाको वडा नम्बर १को वडा अध्यक्षमा एमालेका खिम विक्रम के सी , वडा नम्बर २ को वडा अध्यक्षमा नेपाली कांग्रेसका राम बहाददुर चौधरी , वडा नम्बर ३ मा नेकपा एमालेका टेकलाल सापकोटा , वडा नम्बर ४ मा लोकतान्त्रिक समाजवादि पार्टी नेपालका नसिम अहमद खाँ, वडा नम्बर ५ मा नेकपा एमालेका नेत्र प्रसाद बेल्बासे वडा नम्बर ६ जनता समाजवादि पार्टी नेपालबाट माहेताव आलम खाँ , वडा नम्बर ७ मा नेपाल कम्युष्टि पार्टी (माओवादि केन्द्र ) का अनुप कुमार चौधरी ,वडा नम्बर ८ मा नेपाली कांग्रेसका रिजवान अहमद , वडा नम्बर ९मा नेपाल कम्युष्टि पार्टी (माओवादि केन्द्र ) का राम गोपाल चौधरी , वडा नम्बर १० मा लोकतान्त्रिक समाजवादि पार्टी नेपालबाट मञ्जु मिश्रा र वडा न ११ मा नेपाली कांग्रेसका रमेश्वर वर्मा विजयी हुनु भएको छ । नगर प्रमुख अजय थापा राप्रपाबाट निर्वाचित हुनु भएको हो भने , उपमेयर शिवकुमारी थारु एमालेबाट निर्वाचित हुनु भएको हो ।