Connect with us
Kapilvast Forest

प्रतिनिधि सभाको बैठक आज बस्दै

२०७९, १२ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं – संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।बैठक बिहीबार बिहान ११ बजे संसद भवन नयाँ वानेश्वरमा बस्नेछ ।संघीय संसद सचिवालयका अनुसार बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संसदमा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत् गर्ने र उक्त संशोधनमाथि छलफल सुरु हुने सचिवालयले जनाएको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त सदनमा पेश गर्नुभएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu