Connect with us
Kapilvast Forest

काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने छौं:मेयर बालेन शाह

२०७९, १३ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौं-काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गरेका छन्।

विजयी भएको घोषणापछि बोल्दै नवनिर्वाचित मेयर शाहले काठमाडौंलाई अबको ५ वर्षमा विश्वकै सुन्दर शहर बनाउने घोषणा गरे। उनले काठमाडौंलाई एउटै परिवार ठानेर काम गर्ने प्रतिवद्धतासमेत जनाए। नवनिर्वाचित मेयर साहले विजयलाई नयाँ कार्यको थालनीको रुपमा लिएको उद्घोष गरे। उनले अबको ५ वर्ष आफ्ना कार्ययोजनालाई पूर्ण गर्ने जिकिर गरे।

‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं। निर्वाचनको परिणाम जुन आएको छ। यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरूआत हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ।’

उनले काठमाडौं महानगरलाई नै एउटा परिवारको रूपमा लिएको बताएका छन्।काठमाडौं महानगर परिवारको रूपमा रहेको छ। सधै परिवार नै थियो र परिवारनै रहनेछ’, उनले भने,‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेका छौं।’

नयाँ मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन शाह ६१ हजार ७ सय ६७ मत ल्याएर निर्वाचित भएका छन्। यो मेयर पदमा खसेको कुल सदर मतको ३८.६३ प्रतिशत हो। उनले नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहलाई हराए।सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन्। एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन्।

बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत धेरै ल्याएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका स्थापितभन्दा २३ हजार ६५० मत बढी पाएका छन्।

यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भइन्।उनले ६८ हजार ६१२ मत पाएकी छन्।

उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८०६ मत पाए। उपमेयरमै आँखीझ्याल चुनाव चिह्न लिएर उठेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्‍ठ (महर्जन) ले १३ हजार ६९५ मत पाएकी छन् भने राप्रपाकी बिनिता मगैयाले १२ हजार १४१ मत पाएकी छन्। त्यस्तै लौरो चिह्न लिएर उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका वेन्जी सिंह महर्जनले ६ हजार ५५५ मत पाएका छन्।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu