कपिलवस्तुमा जिसस गठनमा बहुमत जुटाउन कांग्रेस र एमालेलाई सकस
कपिलवस्तु-नगर र गाउ कार्य पालिको निर्वाचन संपन्न भए लगत्र्तै कपिलवस्तुमा जिल्ला समन्वय समितिको निर्वाचनकालागि दलहरु जुटेका छन । १० पालिका रहेको कपिलवस्तुमा कुनै दलको स्पष्ट बहुमत नरहेकोले कांग्रेस र एमालेलाई बहुमत जुटाउन सकस परेको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा कुल २० मत मध्ये कांग्रेसको ८ एमालेको ७, जसपा नेपालको २ तथा माओबादी केन्द्र राप्रपा र लोसपाको एक एक मत छ ।जितकालागि कुल ११ मत आवश्यक पर्छ । गठबन्धन नगरी कुनै दलले पनि स्पष्ट बहुमत आउने आधार छैन ।
कांग्रेस र एमाले दुबैले प्रमुख आफनो पोल्टामा पार्न जसपा, माओबादी केन्द्र राप्रपा र लोसपाका नेताहरुसंग छलफल र बैठकमा तीब्रता दिएका छन । जिल्ला निर्वाचन कार्यालयले बढीमा असार पहिलो साता सम्म समन्वय समितिको निर्वाचन संपन्न हुने जनाएको छ । कांग्रेसले सत्ता गठबन्धनका हिसावले सहज भएको आकलन गरेपनि राप्रपा र लोसपा गठबन्धन भित्र नरहेकाले उसलाई पनि सहज छैन ।
एमालले पनि अहिले सम्म भरपर्दाे आधार फेला पार्ननसकेको एमालेका नेताहरु वताउछन् । स्वयम एमाले र कांग्रेस मिल्ने संभावना पनि रहेको नेताहरुको भनाइ छ । शिवराज नगरपालिकाको कार्यपालिकामा एमाले र कांग्रेस मिलेर सहकार्य गरेकाले जिससमा पनि त्यसो नहोला भन्न सकिन्न कांग्रेसका एक नेताले वताए । तर यो विकल्पमा दुबैले प्रमुख दावि गर्ने उपप्रमुख लिन नखोज्ने समस्या आउन सक्ने वताइन्छ । कांग्रेसका जिल्ला सभापति अब्दुल कलामले आफुहरुले जिल्ला समन्वय समितिको निर्वाचनमा सत्तारुढ दलहरु बिच सहमति गरेर जानु पर्ने कुरामा जोड दिएको बताए । जसपाको नेताहरु कांग्रेर वा एमाले को संग मिल्ने भन्ने कुरामा बिभाजित छन ।
जसपा कांग्रेस वा एमाले जोस.मिले पनि अन्य दलहरुलाई समेत मिलाउन पर्ने देखिन्छ । कांग्रेसमा शोहरत तेली, ज्ञान बहादुर कार्की योगेन्द्र केसी र तेज बहादुर बस्नेतको नाम चर्चामा छ । तेली कबनापा ७ र कार्की बानपा ५ बाट सदस्यमा निर्वाचित भएका हुन् । यस्तै केसी महाराजगंज नरपालिका ८ र बस्नेत बुद्धुभुमी १ को वडाध्यक्षमा निर्वाचित भएर आएका हुन । कांग्रेसमा प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य जिल्ला सभापति अब्दुल कलाम खा, र क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठको बिश्वास पात्रले नै टिकट पाउने कांग्रेस नेताहरु बताउछन ।
यधपि कांग्रेसले भने अहिले सम्म टुंगो लगाएकोछैन एमाललेले बाबुराम आचार्यलाई जिससको नेतृत्वमा लैजाने आन्तरीक् सहमति गरेको एमाले नेताहरु बताउछन । समन्वय समितिमा प्रमुख उप प्रमुख र ७ जना सदस्य गरी नौ जना निर्वाचित हुनेछन ।