किसानले उत्पादन गरेकाे वस्तुकाे मूल्य सहजै पाउनुपर्छ : कृषि मन्त्रालयका सचिव
काठमाण्डाै – कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले किसानले उत्पादन गरेको वस्तुको मूल्य सहजै पाउनुपर्ने बताउनुभएको छ ।
आज बुधवार विश्व दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव शर्माले किसानले उत्पादन गरेको वस्तुको मूल्य सहजै पाउनुपर्ने बताउनुभएको हो । उहाँले त्यसका लागि सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभयो ।
सचिव शर्माले निर्धक्क भएर दूध उपभोग गर्न सक्ने अवस्था बनाउनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘किसानहरूले उत्पादन गरेको वस्तुकाे उत्पादन र त्यसकाे बजारीकरणमा हामीले सहयोग गर्नुपर्छ । किसानले उत्पादन गरेको वस्तुको मूल्य पाउनुपर्छ । ’
सचिव शर्माले आउँदाे आर्थिक वर्षकाे बजेटमा सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको पनि बताउनुभयो ।