Connect with us
Kapilvast Forest

स्काभेटरको पार्टपुर्जा प्रहरी निरीक्षकले नै चोरेपछि…

२०७६, १८ आश्विन शनिबारमा प्रकाशित

धनुषा । जिल्लामा एक जना प्रहरी निरीक्षकमाथि चोरीको आरोप लागेको छ । मिथिला नगरपालिकास्थित इलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत प्रहरी निरीक्षक अवधकिशोर ओझामाथि स्काभेटरको पार्टपुर्जा चोरी गरेको आरोप लागेको हो ।

जङ्गलको जग्गामा पोखरी खनेर क्षति पुर्याएको भन्दै वन कार्यालयका कर्मचारीले मिथिला नगरपालिकाको पोखरीयाभित्र स्थानबाट स्काभेटर नियन्त्रणमा लिएर फागुनमा प्रहरीलाई बुझाएको थियो । केही दिनपछि स्काभेटर धनी जनुलाल महतो इलाका प्रहरी कार्यालय ढल्केबर पुग्दा स्काभेटरको पार्टपुर्जा निकालिएको पाएका थिए ।

स्काभेटर धनी महतोले बालुवा वासिङ उद्योगीसँग मिलेर प्रहरीले ६ लाख रूपैयाँ बराबरको पार्टपुर्जा बिक्री गरेको दाबी गर्दै प्रदेश प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरी प्राप्त भएपछि प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक ओझालाई ढल्केबरबाट प्रदेश प्रहरी गणमा तानेर छानविन अगाडि बढाएको छ ।

घटनाको छानविन गर्न प्रहरी उपरीक्षक उमाशङ्कर पंजियारको संयोकत्वमा गठित तीन सदस्यीय छानविन समितिले बिहीबार घटनाको अनुसन्धान प्रतिवेदन प्रदेश प्रहरी नायव महानिरीक्षक प्रद्युम्नकुमार कार्कीलाई बुझाइसकेको छ । पाटपुर्जा चोरीको घटनामा प्रहरी निरीक्षक ओझा दोषी देखिएको ठहर गरी उहाँलाई विभागीय कारबाही गर्ने निष्कर्षमा पुगेको छ ।

प्रतिवेदनमा उनी दोषी देखिए हदैसम्मको कारबाही हुने प्रहरी नायव महानिरीक्षक कार्कीले बताउनुभयो । उहाँले घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भएको भन्दै दोषी देखिए कारबाही गर्न कुनै कन्जुस्याइँ नहुने स्पष्ट पार्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj