Connect with us
Kapilvast Forest

नेपाललाई मेडिकल टुरिज्मको रुपमा बिकास गर्नुपर्छ : सांसद शाह

२०७९, ३० जेष्ठ सोमबारमा प्रकाशित

कपिलवस्तु– नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंको आयोजना र नर्वेजियन नेत्रहिन तथा अल्पदृष्टियुक्त संघ,नर्बे (NABP,Norway) को आर्थिक सहयोगमा शिवराज नगरपालिकाका नवनिर्वाचित सम्पूर्ण जनप्रतिनिधीहरुलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ ।

नेपाल नेत्रज्योति संघ,दाङ शाखाका उपसभापति रेशमबहादुर खड्काको अध्यक्षता,संघिय सांसद माननीय अभिषेक प्रताप शाहको प्रमुख आतिथ्यता र शिवराज नगरपालिकाका मेयर अजय थापा,उपमेयर शिवकुमारी चौधरी र गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्द माननीय अभिषेक प्रताप शाहले छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालले आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट कार्य गरेको बताउदै अब हामी मेडिकल टुरिज्मतिर पनि अगाडि बढ्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले नेपालका आँखा अस्पतालहरुले गुणस्तरीय आँखा सेवा प्रवाह गरेकै कारण नेपाली नागरिकहरुका साथै भारतीय नागरिकहरुको समेत आकर्षण रहेकोमा खुशी ब्यक्त गर्नु भयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी शिवराज नगरपालिकाका मेयर अजय थापाले कार्यक्रममा प्रस्तुत् भएको शिवराज नगरपालिकाभित्रका आँखाका बिरामीहरुको तथ्यांकले आफूलाई गम्भिर बनाएको बताउनु भयो । उहाँले आगामी दिनहरुमा आँखा अस्पतालसँग सहकार्य गरेर शिवराज नगरपालिकाभित्रको अन्धोपन न्युनीकरण गर्नको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

त्यसैगरी कार्यक्रमका अर्का विशिष्ट अतिथी तथा शिवराज नगरपालिकाका उपमेयर शिवकुमारी चौधरीले यस आँखा अस्पतालसँग बिगतका दिनहरुदेखि नै सहकार्य हुदै आएको र आगमी दिनहरुमा पनि आँखा जस्तो संवेदनशिल अंगको बचाउको लागि शिवराज नगरपालिकाले सहयोग गर्ने बताउनु भयो ।

गढवा गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष तथा छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजका प्रशासनीक समितीका संयोजक शारदा चौधरीले विशिष्ट अतिथीको आसनबाट बोल्दै आफूले २०६६ सालमा लमही नगर बिकास समितीको अध्यक्ष रहँदा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित ३ वटा आँखा अस्पतालहरु मध्ये लमही आँखा अस्पताललाई २५ कठ्ठा जग्गा दिलाउनमा महत्वपुर्ण भुमिका खेलेको उल्लेख गर्दै छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालको लागि पनि प्रदेश तथा संघीय बजेट व्यवस्थापनको लागि आफुले काम गर्ने बताउनु भयो ।

छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालको “आँखा स्वास्थ्य शिक्षा र उज्यालो अभियानमा जनप्रतिनिधिहरुको भुमिका” बिषयक छलफल कार्यक्रममा शिवराज नगरपालिका मेयर,उपमेयर र ११ वटै वडाका जनप्रतिधिहरु र अन्य सहभागीहरु समेत गरी ७६ जनाको सहभागिता रहेको थियो । छलफल कार्यक्रममा नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका प्रमुख प्रशासक शम्सेर थापाले नेपाल नेत्रज्योति संघ र दातृ निकाय ल्ब्द्यए को बारेमा सहभागीहरुलाई संक्षिप्तमा जानकारी गराउनु भएको थियो ।

साथै उहाँले आँखा स्वास्थ्य सेवा,दृष्टिविहीनताको अवस्था,स्वास्थ्यको हक र राष्टि?य स्वास्थ्य नीतिको बारेमा समेत प्रकाश पार्नु भएको थियो । सो क्रममा प्रमुख प्रशासक थापाले लुम्बिनी प्रदेशमा १ लाख ९५ हजार १ सय २० जना मा दृष्टिविहीनतको समस्या रहेको र १ लाख १२ हजार ९ सय ६४ जना मोतिबिन्दुको अप्रेशन गर्नुपर्ने आँखा रहेको तथ्यांक प्रस्तुत गर्नु भयो । त्यस्तै उहाँले शिवराज नगरपालिकाभित्र मात्रै अझै १ हजार ६ सय ७९ वटा आँखाहरु मोतिबिन्दुको अप्रशेनको पर्खाइमा रहेको समेत बताउनु भयो ।

आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा प्रमुख प्रशासक शम्सेर थापा र बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्द प्रशिक्षकको रुपमा रहनु भएको थियो । कार्यक्रमको संचालन प्रशासकीय अधिकृत जसराज विश्वकर्माले गर्नु भएको थियो । कार्यक्रममा अस्पतालका प्रशासकीय सहायक कमल चौधरी,लेखापाल जेनिशा थापा लगायतको सहभागीता रहेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu