Connect with us
Kapilvast Forest

त्रिशूलीको धमिलो पानीमा सपना सङ्ल्याउनेहरू : फोटो फिचर

२०७९, २० असार सोमबारमा प्रकाशित

वर्षाको समय। धमिलो पानी। छचल्किँदो छाल। झन्डै वारपार गर्दै उर्लिँदै छ त्रिशूली।धादिङको गल्छी र गजुरी गाउँपालिकाको साँधबाट दक्षिण हुँदै त्रिशूलीमा हाम फाल्दै छ बेल्खु खोला। बेल्खु पनि सङ्लो छैन।यही धमिलो पानीमा मानिसहरू आफ्नो सपना सङ्ल्याउँदै छन्।

बेल्खुले माथिमाथिबाट आफ्नो बेगसँगै छेउकुना हान्दै बालुवा ल्याउँछ। बालुवा त्रिशुलीमा मिसिनै लाग्दा हुलका हुल मानिसहरू खोलामा पस्छन्। त्रिशूलीले पनि मसिनो र राम्रो बालुवा छेउछेउ ल्याएर छाड्छ।

यिनै थरीथरीका बालुवामा थरीथरीका मानिस आफ्नो सपना पूरा गर्न थुन्से, नाम्लो र बेल्चा लिएर होमिन्छन्। पानीमा डुबुल्की मार्दै उनीहरू बालुवा निकाल्छन्। खोला र किनारा गरिरहन्छन्।

थुप्रै समूहका मानिसहरूले बालुवाका थुप्रै थुप्रा लगाउँछन्। एउटा समूहले दिनमै झन्डै दुई टिपर बालुवा खोलाबाट निकाल्छ। यो बेला त्रिशूलीको किनारमा बालुवा निकाल्नेहरूको कमाउने सिजन हो। उनीहरू समूह बनाएर आउँछन्। यहीँ समूहमै खान्छन् र समूहमै मिलेर रमाइलो गर्दै काम गर्छन्।

यहाँ बालुवा निकाल्न सिन्धुपाल्चोक, अर्घाखाँची, जाजरकोट, रामेछाप लगायत ठाउँबाट मानिसहरू आएका छन्। यो बर्खाको दुई महिना यहीँ बसेर बालुवा निकाल्छन् र पैसा कमाएर घर फर्किन्छन्।

यस क्षेत्रमा रोजगारी गुम्ने भन्दै मेसिनबाट बालुवा निकाल्न स्थानीयले रोक लगाएका छन्। मान्छेले नै बालुवा निकाल्दा प्रकृति पनि नमासिने, गरिखाने मानिसले पनि रोजगारी पाउने स्थानीय बताउँछन्।

स्थानीय दीपक तामाङका अनुसार यहाँ झन्डै दुई सय मानिसले दैनिक रोजगारी पाइरहेका छन्। ‘उनीहरूले एक सिजनमा दुई महिना काम गरेर डेढ-दुईलाख रूपैयाँसम्म कमाएर फर्किन्छन्,’ उनले भने।यसरी समूहले निकालेको बालुवा व्यापारीहरूले टिपरका हिसाबले किनेर लैजान्छन्।

DCIM101MEDIADJI_0466.JPG

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu