Connect with us
Kapilvast Forest

फिल्म प्रेमगञ्ज युरोपका ४४ देशका विभिन्न शहरमा एकसाथ प्रदर्शन

२०७९, ८ श्रावण आईतवारमा प्रकाशित

अहिलेसम्मको नेपाली फिल्मको इतिहास हेर्ने हो भने धेरै फिल्म विदेशमा प्रदर्शन त भएका छन् । तर, नेपालीले नेपाली समूदायमा नै व्यतिगत रुपमा टिकट विक्री गरेर, रेस्टुरेन्ट तथा सभा हलमा च्यारिटी सो प्रदर्शन गर्ने गरिएको छ ।

अब प्रेमगन्ज भने सार्वजनिक रुपमै विदेशी फिल्म सरह दर्शकहरुमाझ थिएटरमै प्रदर्शन हुने भएको छ । अन्तराष्ट्रिय कम्पनीले नेपाली भाषाको फिल्म यसरी प्रदर्शन गर्न लागेको यो नेपाली ईतिइहासमै पहिलोपटक हो । फिल्म प्रेमगन्जलाई जर्मनीको ‘लोकाह फिल्म इन्टरटेनमेन्ट’ ले युरोप प्रदर्शन गर्दैछ । जुन जर्मनीको प्रतिष्ठित वितरक कम्पनी हो ।

अन्तराष्ट्रिय रुपमा यसरी प्रदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो । अहिले हामीले पैसाभन्दा पनि बाटो खोजिरहेका छौँ, यसले गर्दा भविष्यमा निर्माण हुने अन्य नेपाली फिल्मलाई बाटो खुल्नेछ’ निर्देशक परिच्छेद सेनले भने,‘फिल्मको टिजर विभिन्न देशका विभिन्न कम्पनीहरुलाई देखाईरहेको छौँ ।

सबैले नेपालमा पनि फिल्म ईण्डष्ट्री छ रु भनेर सोध्नु हुन्छ, यसरी सोध्दा भने दुःख लाग्छ । तर, एप्पल टिभी, गूगल टिभी, हट्स्टार लगायतका एपले फिल्म हेर्न खोजिरहनुभएको छ ।

इन्डिया रिलिज पनि ड्रिम्स थिएटर मोशन पिक्चर जस्तो प्रतिष्ठित कम्पनीले बितरण गर्ने कुरा छ । हामी नयाँ फिल्म मेकर भएर पनि उहाँहरुले हाम्रो फिल्मप्रति चासो देखाईरहनु भएको छ, हामीलाई फिल्म मेकर भनेर स्वीकार गरिरहनु भएको छ हामी अहिले यतिमै खुसी छौ । हेरौ कहाँ कहाँ प्रदर्शन गर्न सकिन्छ ।

उनले उक्त फिल्मबाट पैसा कमाउने भन्दापनि आगामी फिल्मका लागि बाटो खोजिरहेको सेनको भनाई छ । उक्त फिल्ममा बेनिशा हमाल, तेज गिरीका अलावा सुरक्षा पन्त, सम्पदा बानियाँ, राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का, पबन भट्टराई, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, सन्जोग रसाइलीको आदि कलाकारको अभिनय रहेको छ ।

स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । सञ्जय लामाको छायाङ्कन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो । फिल्मको ट्रेलर साउन १० गते रिलिज हुँदैछ भने भदौ ३ गते नेपाललगायत अन्तराष्ट्रिय रुपमा एकसाथ प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu