ओलीले झापामा भने : मलाई हराएर यहाँका जनताले एक वर्ष नपुग्दै पछुतो मानेका थिए
नेकपा – एमालेका अध्यक्ष केपी शर्मा ओली हिजोआज झापामा छन् । उनले बिहीबार पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँग अन्तर्क्रिया पनि गरेका छन्। अन्तर्क्रियाका क्रममा ओलीले २०६४ सालको चुनावमा आफू हारेको प्रसंग निकाल्दै त्यसबेला जनताले पछुतो मानेको बताउनु भएको हो ।
त्यसबेला आफूलाई हराएर यहाँका जनताले एक वर्ष नपुग्दै गल्ती गरिएछ भनेर पछुतो मानेका थिए अध्यक्ष ओलीले भने त्यो प्रवृत्ति स्थानीय निर्वाचनमा देखिएको छ । गल्ती कहिले-कहिले हुन्छ तर पटकपटक दोहोरिनु हुँदैन। अबदेखि त्यस्तो गल्ती नदोहोरियोस् भन्ने बताउनु भएको थियो ।
ओलीको गृहनगर दमकमा स्थानीय चुनावमा एमाले उम्मेदवार पराजित भएका थिए। साथै ओलीले राष्ट्रिय राजनीति एमालेको पक्षमा भइरहँदा स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा पार्टीले हार्नुको कारण के हो भनेर कार्यकर्तालाई प्रश्न पनि गर्नु भएका थिए ।
अर्कालाई जिताएर आफैँ अपमानित हुने र लज्जित हुने काम नगर्न म आग्रह गर्दछु उनले भने हामीले व्यक्ति उठाउने होइन पार्टी उठाउने हो। पार्टीले व्यक्तिलाई निर्देशित गर्ने हो नेतृत्व गर्ने हो। आफू पार्टीलाई एकढिक्का बनाउने अभियानमा लागिरहेको उनले जानकारी गराएका हुन् ।