महिला प्रतिनिधित्व बढाउनुपर्छ
काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा महिला प्रतिनिधित्व बढाउन राजनीतिक दलहरू नै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । उहाँले राजनीतिक दलहरूको पहलबिना उल्लेखनीय उपलब्धि हासिल हुन नसक्ने हुँदा दलहरूको प्रतिबद्धतामा जोड दिनुभयो ।
सङ्घीय संसद् सचिवालयद्वारा बिहीबार आयोजित ‘निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व विषयक अन्तरक्रियामा सभामुख सापकोटाले महिला प्रतिनिधित्व बढाउन राजनीतिक दलहरू नै मुख्य जिम्मेवार हुने विचार व्यक्त गर्न‘भयो । उहाँले भन्नुभयो महिला नेतृत्व अगाडि बढाउन पार्टीले नै जोडबल गर्नुपर्छ
उहाँले महिला नेतृत्वले दलमा निर्णायक भूमिका खेल्नुपर्ने र दलमा पनि आन्तरिक लोकतन्त्र हुनुपर्ने विचार व्यक्त गर्नु भयो । उहाँले समाजमा रहेको पितृसत्तात्मक दृष्टिकोण बदल्नुपर्नेमा जोड दिँदै दृष्टिकोण नबदलेसम्म परिवर्तन सम्भव नहुनेजानकारी दिनुभयो । उहाँले गत स्थानीय निर्वाचनमा दलगत मतदानमा मतदाताको अरुचि देखिएको प्रसङ्ग उठाउँदै यो लोकतन्त्रमाथिको खतरा भएको र अब दलहरू सच्चिनुपर्नेजानकारी गराउनु भयो ।
उपसभामुख पुष्पा भुसालले आगामी निर्वाचनमा उहाँले प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेतृत्व र व्यक्तित्व विकासका लागि संसद् महìवपूर्ण स्थान भएकाले आगामी निर्वाचनमा महिला प्रतिनिधित्व बढाउनैपर्ने बताए ।
उहाँले भन्नुभयो, “हामीले महिलाको नेतृत्व स्थापित गर्न खोजेका छौँ । त्यसका लागि संसद् सबैभन्दा उपयुक्त ठाउँ हो । उहाँले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा महिला प्रतिनिधित्व सुनिश्चित गराउन निर्वाचनमा अवसर दिनुपर्ने धारणा व्यक्त गर्नु भएको छ ।
उहाँले संविधानमै महिला समानताको व्यवस्था भएको र नेपालले भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरू अनुमोदन गरेको समेत उहाँले उल्लेख गर्नु भयो ।पूर्वसभामुख ओनसरी घर्तीले २०६४ को संविधान सभामा महिला प्रतिनिधित्व उल्लेख्य भए पनि त्यसपछिका संसद्मा महिलाको सङ्ख्या खुम्चिँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।