Connect with us
Kapilvast Forest

पहिरोको जोखिममा मुक्तिकोट

२०७९, २२ श्रावण आईतवारमा प्रकाशित

बाजुरा- जिल्लाको पूर्विउत्तर क्षेत्रमा रहेको स्वामिकार्तिक खापर गाउँपालिकाको –१ को मुक्तिकोटको दलित बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । झण्डै ३९५ दलित घरपरिवार रहेको सो गाउँमा माथिबाट २०७८ साल सारमा गएको पहिरोले यो वर्षामा पनि ठूलो रुप लिँदै गएपछि यहाँको माझगाउँ, खोलीकोट खोला, मेला, भुवाटुस्कालगायतका टोल निकै जोखिममापरेका छन् ।

स्वामिकिार्तिक खापर गाउँपालिका –१ का स्थानीय मनबहादुर विकले , गत वर्षको असारमा बस्तीको माथिबाट पहिरो गएको हो । अहिलेको वर्षामा त्यो पहिरो फेरि बग्न सुरु गरेपछि बस्ती नै जोखिम भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, बस्ती जोखिममा कतै सुरक्षित ठाउँमा बसाइ गरिदिनु भनेर स्थानीय प्रदेश र सङ्घीय सरकारसँग कयौँ पटक पहल गर्यौं तर पनि अहिलेसम्म कतैबाट पनि कुनै सुनुवाइ नभएको जनाउनु भएको छ ।