Connect with us
Kapilvast Forest

सीको भ्रमणले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान : मन्त्री भट्टराई

२०७६, २८ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नु भएको छ ।

मन्त्री भट्टराईले चिनियाँ राष्ट्रपति सीले नेपालको दुई दिने राजकीय भ्रमणको क्रममा दिनु भएको प्रत्येक ‘स्टेटमेन्ट’ले सो भ्रमण वर्षलाई प्रवद्र्धन गर्न सघाउ पु¥याउने विश्वास व्यक्त गर्नु भएको हो । उहाँले राष्ट्रपति सीको नेपाल भ्रमणले चिनियाँ बुद्धिष्टहरुलाई लुम्विनीको भ्रमण गर्न पनि अभिप्रेरित गरिरहने अपेक्षा पनि गर्नु भयो ।

‘चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणको क्रममा दिनु भएको प्रत्येक स्टेटमेन्टले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई प्रवद्र्धन गर्न महत्वपूर्ण सहयोग पु¥याउने मैले विश्वास लिएको छु,’ मन्त्री भट्टराईको भनाई थियो,‘यसले बुद्ध धर्ममा आस्था राख्ने चिनियाँ नागरिकलाई पनि लुम्विनीको भ्रमण गर्न थप प्रेरित गर्नेछ ।’

मंगलबारबाट काठमाडौंमा सुरु भएको ‘दोस्रो चीन–दक्षिण एशीया सम्मेलन’को उद्घाटन सत्रमा बोल्दै उहाँले चीन र दक्षिण एशीयाका विद्धान साहित्यहरुको उपस्थितिले पनि ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई माथि उठाउन महत्वपूर्ण सहयोग पु¥याउने पनि बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu