स्रोत नखुलेको साढे २४ लाखसहित रुपन्देहीबाट एकजना पक्राउ
रुपन्देही । रुपन्देही प्रहरीले स्रोत नखुलेको साढे २४ लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ ।
सिद्धार्थनगर नगरपालिका-१ बाइपासस्थित स्रोत नखुलेको अवैध रकम ओसारपसार भएको भन्ने सूचनाको आधारमा साेमबार प्रहरीले बुटवल उपमहानगरपालिका-८ सुख्खानगरका २८ वर्षीय सन्दीप शाक्यलाई पक्राउ गरेको हो ।
शाक्यले बोकेको झोलामा २४ लाख ५० हजार रकम भेटिएको हाे।
थप अनुसन्धानकाे साेमबार भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता डीएसपी श्याम अर्यालले बताउनुभयाे ।