Connect with us
Kapilvast Forest

दार्चुलामा पहिरोमा पुरिएर दुईको मृत्यु, ६ बेपत्ता, दर्जनौँ घर बगे,

२०७९, २५ भाद्र शनिबारमा प्रकाशित

दार्चुला- गए रातिबाट परेको अविरल वर्षाले दार्चुलाकाे नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिला र एक नबालिका गरी दुई जनाको मृत्यु भएको छ ।

नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया जानकी ठगुन्ना (किम्ती) को मृत्यु र पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको पनि मृत्यु भएको छ

मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला परेको छ । शुक्रवार राति एक बजेतिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जिवितै उद्धार गरिएको छ ।

यस्तै नौगाड गाउँपालिका–२ दल्लेखका ६० वर्षीय मोहनराम पार्की पनि बेपत्ता छन् । पहिरोले सल्ला गाउँका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ ।

नौगाडमा पहिरोमा परि केही मानिस बेपत्ता भएको आशङ्का गरिएको छ । महाकाली नगरपालिकाको डुङ्गरीमा एकै परिवारका धन सिंह कार्की, मानमती कार्की, दिपक कार्की र दिनेश कार्की बेपत्ता रहेका छन् ।

यता, दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठुलो क्षति पुर्याएको छ । महाकाली नगरपालिका क्षेत्रमा करिब डेढ दर्जन घरहरू बगेका छन् ।

अहिलेसम्म एक विद्यालय, ११ घर, दुई वटा पुल र केही सवारी साधन बाढीले बगाएको भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu