Connect with us
Kapilvast Forest

संविधान कार्यान्वयन गर्न प्रतिबद्ध

२०७९, ३ आश्विन सोमबारमा प्रकाशित

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन गर्दै साझा हक अधिकारलाई स्थापित गर्ने तथा मातृभूमिको विकास र समुन्नतिलाई सुनिश्चित गर्ने दिशामा सरकार लागिरहेको उल्लेख गर्नुभएको छ।

उहाँले नेपाली कांग्रेसको नेतृत्व तथा नेपाली जनताको पूर्ण समर्थन, सङ्घर्ष र बलिदानबाट घोषणा भएको नेपालको संविधानबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नु आजको कार्यभार भएको सन्देशमा उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री देउवाको सन्देशमा नेपाली जनताको चाहनाअनुरूप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतीलाई अन्त्य गरी जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको कुरा उल्लेख गरिएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu