Connect with us
Kapilvast Forest

कपिलवस्तुमा बृहत सराय जात्रा सम्पन्न

२०७९, २२ आश्विन शनिबारमा प्रकाशित

सनिउल्ला धोबी-
कपिलवस्तु, कपिलवस्तुको चन्द्रौटामा विजयादशमीको त्रयोदशीका अवसर पारेर आइतबार बृहत सराय जात्रा निकालेर फूलपाती बिसर्जन गरिएको छ ।

१५ बर्ष देखी चल्दै आएको हिन्दू सांस्कृतिक पर्वलाई जगेर्ना गर्न तथा जातीय एवं धार्मिक सद्भाव कायम गर्न र भाइचाराको सम्बन्ध विस्तार गर्न सनिबार दिउसो सराय जात्रा निकालिएको हो ।

२०६४ भाद्र ३० को कपिलवस्तु घटना पश्चात दसैंको त्रयोदशीको दिन घटनालाई विर्साउन पहिलो पटक निकालिएको सराय जात्रालाई यस वर्ष पनि भव्य रुपले मनाइएको सराय व्यवस्थापन समिति अध्यक्ष केशब पाण्डेयले जानकारी दिनुभयो ।

विगत १५ वर्षदेखि मनाउँदै आएको यो पर्वलाई निरन्तरता दिँदै नवौं पटक पञ्चेबाजा सहित चन्द्रौटास्थित दूर्गाभवानीको मन्दिरबाट वृहत सराय जात्राको शोहर्द पुर्वक सम्पन्न भएको हो ।

दूर्गा मन्दिरमा चढाइएको फूलपाती लिई पञ्चेबाजाको तालमा खुडा, खुकुरी, तरवार नचाउँदै निकालिइको सराय जात्रा चन्द्रौटा बजार परिक्रम गरी कर्णेश्वरी मन्दिरबाट फूलपाती लिई हजारौको संख्यामा हाथमा घरेलु हथियार लिएर सरायँ खेल्दै नजिकैको जवाई खोलामा गई विसर्जन गरिएको छ ।

कपिलवस्तुको चन्द्रौटा स्थित दुर्गा मन्दिरमा धेरै पहिलेदेखि नै बडादसैंमा पूजाआजा हुँदै आएपनि अहिले नवौं पटक यो पर्वलाई भव्य रुपमा मनाइएको स्थानीयहरुले बताएका छन ।

यो पर्व पहाडी भेगमा धुमधामका साथ मनाउने भए तापनि तराईका विभिन्न जिल्लाका दुर्गा भवानी मन्दिरमा केही वर्ष यता शुरुवात गरी मनाउन थालिएको पाइन्छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu