कपिलवस्तुमा २ जनाको मनोनयन दर्ता भएन
कपिलवस्तुमा निर्वाचन खर्च नबुझाएको र उमेर नपुगेका दुई जनाको मनोनयन दर्ता भएन हुन सकेको छैन । नागरिक उन्मुक्ति पार्टी कपिलवस्तु क्षेत्र नं ३(क) बाट प्रदेश सभा सदस्यको लागि उम्मेदवार पत्र दिएका उमेश चौधरीले निर्वाचन खर्च नबुझाएको र ३ (क) बाट प्रदेश सभा सदस्य पदको उम्मेदवारी दिएका गोविन्द चौधरीको उमेर नपुगेकाले मनोनयन दर्ता हुन सकेको छैन ।
उमेश चौधरी गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट शिवराज ५ को वडा सदस्य पदमा उम्मेदवार बनेका थिए । गोविन्द चौधरीको २५ बर्ष नपुगेकाले मनोनयन दर्ता नभएको निर्वाचन कार्यालयका निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताउनु भयो ।