Connect with us
Kapilvast Forest

कालिकोटमा मलामी गएका १३ जना हराए

२०७९, २४ आश्विन सोमबारमा प्रकाशित

कालिकोटको तिलागुफा–४ राँचुलीमा मलामी गएका १३ जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो । तिनैहरुमध्ये १३ जना हराएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

गाउँका अन्य घरहरु पनि पहिरोको जोखिममा परेकाले केही स्थानीयवासी कालिका माविमा आश्रय लिएर बसेको पनि प्रजिअ शर्माले बताए । ‘त्यहाँ करिब १०० घर छन् । बालबालिकाहरुसमेत गरी ५ सय जतिले स्कुलमा आश्रय लिएर बसेको अनुमान छ,’ प्रजिअ शर्माले अनलाइनखबरसँग भने ।

मौसम सुधार भएपछि हेलिकोप्टरबाट उनीहरुलाई उद्धार गर्ने तयारी पनि गरिएको उनले जानकारी दिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu