Connect with us
Kapilvast Forest

नेकपाको ९ औं राष्ट्रिय महाधिवेशन सुरु

२०७९, २५ आश्विन मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु-  नेत्र विक्रम चन्द (विप्लव ) ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको ९ औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टीको नवौं राष्ट्रिय महाधिवेशन कपिलवस्तुको शिवराज नगरपालिकाको शिवगढीमा आजबाट शुरु भएको छ । महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्र विक्रम चन्द(विप्लव)ले गर्नु भएको छ । शिवगढिमा नवनिर्मित पार्टी केन्द्रीय कार्यलयमा महाअधिवेशन सुरु भएको छ । उदघाट्न समारोह
दिउँसो २:३० बजे भएको हो ।
नेपाल कम्युनिस्ट पार्टीले ड्रोनबाट झन्डातोलन, रिमोर्ट्बाट ब्यनर उदघाटन र ९ वटा पटका पडकाएर महाधिवेशन उदघाटन गरेको छ । महाअधिवेनमा भाग लिन देश तथा विदेशबाट प्रतिनिधि तथा पर्यवेक्षक कपिलवस्तु आएका छन् ।महाधिवेशनमा देश तथा विदेशबाट करिब २ हजार प्रतिनिधि र प्रवेक्षक सहभागी भएका छन ।  सात दिनसम्म चल्ने महाधिवेशनमा महासचिव चन्दले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र संशोधित विधान पारित गर्ने केन्द्रीय सदस्य भेषराज भुसालले जानकारी दिनुभयो ।
महाधिवेशनको आज उद्घाटन सत्र र भोलि देखि बन्द सत्र सुरु हुने छ । महाधिवेशन असोज ३१ गते सम्म चल्ने नेकपाका केन्द्रिय सदस्य भेषराज भुसालले बताउनु भयो।
महाधिवेशन समारोहमा सम्बोधन गर्दै नेता कार्यकर्ताहरुले नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशनलाई नेपाल मात्र नभैइ बिश्वले हेरेको बताएका छन । क्रान्तिकारी पार्टीलाई नेपालको पुजीवादी पार्टीले समाप्त पार्ने चलखेल भएको विषयमा गहन छलफल भएको छ । एमसिसिले देशलाइ बर्बादी तर्फ धकेल्न निष्कर्ष निकालिएको नेताहरुले बताएका छन ।
नेपाल श्रमिक मोर्चाका केन्द्रिय अध्यक्ष रामलाल विश्वकर्मा, महिला सघं क्रान्तिकारीको केन्द्रिय अध्यक्ष: बन्धु चन्द (शिला), अखिल नेपाल ट्रेड युनियन क्रान्तिकारी महासघंका केन्द्रिय अध्यक्ष श्याम सेन्चुरी लगायतले सम्नोधन गर्नु भएको थियो । शिवगढिमा नवनिर्मित पार्टी केन्द्रीय कार्यलयमा महाअधिवेशन सुरु भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu