वडा कार्यालयबाट अपाङ्गता परिचय पत्र वितरण
कपिलवस्तु-
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ६ को वडा कार्यालयबाट अपाङ्गता परिचय पत्र वितरण भएको छ । शिवराज नगरपालिकाले वडाबाटै सेवा ग्राहीलाई सेवा प्रवाह गरिरहेको छ ।
शिवराज नगरपालिका वडा नं ६ का ६ जनालाई आज वडा कार्यालयबाट अपाङ्गता परिचय पत्र वितरण गरिएको वडा अध्यक्ष महेताब आलम खाँले जानकारी दिनुभयो ।
मधुरी तिवारी क बर्गको परिचय पत्र पाउनु भएको हो । त्यस्तै आकाश कुमार पासी, अकालपती बढई, सितारा यादवलाई वडा कार्यालयबाट अपाङ्गता परिचय पत्र वितरण गरिएको वडा अध्यक्ष महेताबले न्युज सेन्टरलाईबताउनुभयो ।
अपाङ्गता परिचय पत्र वितरण कार्यक्रममा शिवराज नगरपालिकाको उपप्रमुख शिव कुमारी चौधरीको समेत सहभागीता रहेको थियो । क र ख बर्गको परिचय पत्र पाएपछी सेवाग्राही खुसी भएका छन ।